यी १० लक्षण देखिए क्यान्सरले छोड्दैन । र क्यान्सरले ज्यान लिन्छ । तर
क्यान्सरको शुरुवाती कालमा चाल पाइयो भने आफूलाई बचाउँन सकिन्छ । तर
सामान्यतः अधिकाँश मानिसले यस्ता शुरुवाती लक्षणलाई वेवास्ता गर्ने गर्छन् !
विज्ञहरुका अनुसार क्यान्सरको शुरुवातीकालमा निम्न लक्षण देखिन्छन् -:
१-निरन्तर खोकी-फोक्सोको क्यान्सर
फोक्सोको क्यान्सर धेरै नै नफैलिए सम्म अधिकाँश मानिसले चाल पाउँदैनन् ।
कतिपय मानिसमा भने फोक्सोको क्यान्सरका लक्षण शुरुमै देखिन्छन् । फोक्सोको
क्यान्सरका मुख्य लक्षण मध्ये निरन्तर खोकी लाग्नु पनि एक हो । खोकी लाग्ने
र त्यससँगै छाती दुख्ने हुन थाल्यो भने होसियार हुनुस् । लामो श्वास लिँदा
वा हाँस्दा समेत छाति दुख्नु खतरनाक लक्षण हो ।
२-शरीरमा भएका मुसाको रंगमा परिवर्तन-स्किन क्यान्सर
मेलानोमा स्किन क्यान्सर मध्ये सबैभन्दा घातक क्यान्सर मानिन्छ । यो शरीरको
कुनै पनि भागमा देखिन सक्छ । तर अधिकाँशलाई खुट्टाको पछाडी, पाखुरा वा
अुहाारमा देखिन्छ । कतिपयलाई नङको भित्र समेत देखिन सक्छ ।
यो क्यान्सरको शुरुवातमा शरीरमा रहेका मुसाको रंग फेरिन्छ । मुसा ठूलो
हुने, आकार बदलिने, रंग बदलिँदै जाने यस्ता संकेत हुन् । दुख्ने र चिलाउने
समेत हुन सक्छ ।
३-दिसामा रगत, दुखाइ-आन्द्राको क्यान्सर
दिशामा रगत देखिने र दिसा लाग्ने समय परिवर्तन भएको भयै हुनु पनि राम्रो
संकेत होइन । यसले पनि तपाइँको सानो आन्द्रामा क्यान्सर भएको संकेत गर्छ ।
दिशा गर्दा दुख्ने वा रगत देखिनु निक्कै घातक मानिन्छ । यस्तो समस्या
अधिकाँशलाई ६० वर्षको उमेरपछि मात्र देखिन्छ ।
४-मुख भित्र सन्चो नहुने घाउ-धेरै प्रकारका क्यान्सर
अमेरिकी क्यान्सर उपचार केन्द्रका अनुसार मुख भित्र घाउ देखिनु र सन्चो
नहुने भयो भने क्यान्सरको लक्षण हुन सक्छ । यसलाई मुखको क्यान्सर भनिन्छ ।
मुखको क्यान्सर भएपछि मुख भित्र भएका साना घाउ हप्तौं वा महिनौं सम्म सन्चो
हुँदैनन् । दुखाइ नभएपनि यस्तो घाउ रहिरहने समस्या क्यान्सरको लक्षण हो ।
५-निल्न समस्या-खाना नलिको क्यान्सर
खाना निल्न समस्या भैरहेको छ भने सचेत हुनुस् । यो तपाइँको खाना नलीमा क्यान्सर भएको संकेत
हुन सक्छ ।
नियमितरुपमा खाना निल्न समस्या हुन थाल्यो भने चिकित्सककोमा गइहाल्नुस् । वजन घट्नु पनि यो क्यान्सरको अर्को लक्षण हो ।
६-रहस्यमयरुपमा वजन घट्नुः धेरै प्रकारका क्यान्सर
अधिकाँश क्यान्सरको साझा लक्षण मानिन्छ वजन घट्नु । यदि तपाइँको शरीरमा
रहस्यमयरुपमा वजन घटिरहेको छ भने यो विभिन्न क्यान्सरको लक्षण हुन सक्छ ।
अमेरिकी क्यान्सर सोसाइटीका अनुसार वजन घट्नुको कारण खुल्न सकेन भने यो क्यान्सरको लक्षण हुन सक्छ ।
७-पिसावमा रगत-प्रोष्टेट क्यान्सर
पिसाव गर्दा अनपेक्षितरुपमा पोल्ने र थोरै पिसाव आइरहने जस्ता लक्षण
तपाइँलाई प्रोष्टेटमा समस्या भएका संकेत हुन सक्छन् । पिसाव गर्दा रगत
देखिनु वा दुखाइ हुनु पनि यस्तो लक्षण हुन सक्छ ।
८-अनावश्यक टुडुल्को उठ्नु
कुनै पनि शरीरको भागमा अनावश्यक टुडुल्को उठ्न थाल्यो वा बढ्दै गयो भने यो
पनि तपाइँको शरीरमा क्यान्सरको लक्षण हुन सक्छ । अधिकाँश क्यान्सर यस्तै
टुडुल्को बढ्दै गएपछि पत्ता लाग्ने गरेका छन् । स्तन क्यान्सर, अण्डकोष
क्यान्सरका लक्षणकोरुपमा यस्ता टुडुल्का देखिन सक्छ ।
९-रहस्यमय दुखाइ-धेरै प्रकारका क्यान्सर
शरीरमा असामान्य अवस्था आउँदा दुखाइ हुनु सामान्य विषय हो । तर शरीरको कुनै
पनि भागमा विनाकारण दुखाइ महसुस हुन थाल्यो भने होस् गर्नुस् यो
क्यान्सरको लक्षण हुन सक्छ । ब्रेन ट्युमर हुनेलाई टाउको दुख्ने, कोलोन
क्यान्सर हुनेलाई ढाड दुख्ने र पाठेघर वा गुदद्वारको क्यान्सर हुनेलाई पनि
पछाडीको भागमा दुखाइ हुन सक्छ ।
१०-दिसा/पिसावमा रगत-गुदद्वार क्यान्सर
दिशा वा पिसावमा रगत देखिनु खतरनाक हो । खासगरी दिशामा रगत देखियो भने यसले
तपाइँको ठूलो आन्द्राको अन्तिम भाग वा गुदद्वारमा क्यान्सर भएको हुन सक्ने
संकेत दिन्छ । पिसावमा रगत देखियो भने चाँहि प्रोष्टेट क्यान्सरको लक्षण
पनि हुन सक्छ ।