नवलपरासी, भदौ ४ -  नवलपरासीमा लुटेराको आक्रमणबाट दुईजना युवती गम्भीर घाईते भएका छन् । कावासोती ३ डम्बर बहादुरचोकको पदमबहादुर दाहालको घरमा डेरा गरी बस्ने तनहुँका रेश्मा कार्की र रुपा कार्की लुटेराको पिटाइबाट गम्भीर घाइते भएका हुन् ।
लुटेराले रेश्माले लगाएको सुनको सिक्रि लुटेर लगेको प्रहरीले जनाएको छ ।  लुटेराले सुनको सिक्री, बाला, झुम्का, नगद र लगाएका गहना लगेको आफन्त इन्द्र सिग्देलले जानकारी दिनु भयो  ।  
गम्भीर घाइते भएका दिदी बहिनीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।  

Post a Comment

 
Top