विराटनगर, भदौ ७  - विराटनगर–१८ स्थित एमएम प्लास्टिक उद्योगको परिसरमा गएराति साढे १० बजे अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ । 
नम्बर नखुलेको मोटरसाइकलमा चढेर आएका दुई जनाले उद्योगको पश्चिमपट्टिको गेटबाट सो बम फालेर फरार भएको सुरक्षागार्डलाई उद्धृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 
यसअघि ती व्यक्तिले जर्दाको डिब्बामा विस्फोटक पदार्थ राखेर आगो सल्काई फालेका थिए । उक्त विस्फोटबाट कुनै क्षति नभएको बुझिएको छ । यस घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान गरिरहेको छ । रासस

Post a Comment

 
Top