पर्सा, भदौ ७ – सात प्रदेशको सीमांकन मिलाउने बेला मुख्य तीन दलले पर्साको ठोरीलाई प्रदेश नं. ३ मा राख्ने सहमति गरेका थिए । यसो हुँदा ठोरी गाविस पर्सामा नभएर चितवन जिल्लामा पर्छ । यो सहमतिको पर्साका राजनीतिक दल र नागरिकले तीव्र बिरोध गरे । दलहरुले ठोरी पर्सामै पर्छ भन्ने आश्वासन दिइसकेका छैनन् । तर आइतबार संविधानसभामा पेश भएको मस्यौदा समितिको विधेयकमा ठोरी गाविस पर्सामै राखिएको छ ।
त्यसो भए सात प्रदेशको सीमांकनमा फेरि हेरफेर भएको हो त ? ‘यसबारे अझै प्रष्ट भैसकेको छैन’ मस्यौदा समिति सदस्य अइन्द्र सुन्दर नेम्वाङले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘सानो ठाउँ भएकाले नक्सामा नदेखिएको पनि हुन सक्छ ।’ त्यसो त सीमांकनबारे बिभिन्न क्षेत्र र जिल्लाबाट बिरोध भैरहेकाले फेरि हेरफेर हुने उहाँको भनाई छ । सीमांकन परिमार्जन हुने भएकाले ठोरी गाविस लगायतका अरु जिल्लाको बारेमा यही नै अन्तिम हो भन्न नमिल्ने उहाँले बताउनुभयो ।

Post a Comment

 
Top