सुनसरी, भदौ १२ । थारु कल्याणकारी सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले प्रधानमन्त्री सुशील कोइरालालगायतका प्रमुख दलका शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।

उनले अधिकार प्राप्तिको थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता लागिपरेकोआरोप लगाए ।

थरुहट आन्दोलन दबाउन खोज्नेहरुलाई भौतिक कारबाही गरिने उनको चेतावनी थियो ।

सुनसरीको इटहरीमा शनिबार गरिएको पत्रकार सम्मेलनमा लेखीले कैलाली घटनाका मुख्य दोषी प्रधानमन्त्री कोइरालासहित प्रमुख दलका नेताहरु नै भएको आरोप लगाए ।

उनले देशघर चर्किएको थारु आन्दोलनमासमेत केही कमजोरी भएको स्वीकार गरे । 

Post a Comment

 
Top