aiswarya-rai
बलिउड नायिका ऐश्वर्या राय बच्चन ४२ वर्ष लागेकी छिन् । १ नोभेम्बर सन् १९७३ मा जन्मिएकी ऐश्वर्याले मोडलिङवाट करिअर सुरु गरेकी थिईन् ।
उनका बुबा कृष्णराज मरिन बायोलोजिस्ट हुन् भने आमा बृन्दा र भाई आदित्य राय छन् । पछिल्लो समय ‘जज्बा’ मा अभिनय गरेकी ऐश्वर्याले सन् १९९४ मा ‘मिस वल्ड’को उपाधी जितेकी थिईन् । उनले ‘हम दिल दे चुके सनम, ताल, धुम-२, देबदास, रोबोट, गुरु’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।
रमाईलो प्रसंग सन् १९९४ मा जब ऐश्वर्या मिस वल्ड भईन्, ईभेन्ट होष्टले उनलाई डेटिङको प्रस्ताव राखे तर उनले मानिनन् । कुनै समय सलमान खानसँग नाम जोडिएकी ऐश्वर्यालाई ‘गुरु’को सुटिङ गर्दै गर्दा अभिषेक बच्चनले प्रेम प्रस्ताव राखेका थिए । जन्मदिन मनाउनका लागि उनी अहिले पति अभिषेक बच्चनको साथमा लण्डनमा छिन् । यी  दुइको साथमा नायक रणवीर कपुर पनि छन् ।
सन् २००७ मा उनीहरुको बिबाह भएको थियो । अहिले उनीहरुको एक छोरी आराध्या छिन् । उनका केही रहस्य यस्ता छन्ः
१. ऐश्वर्या बचपनमा एक आर्किटेक्ट बन्न चाहन्थिन् । उनी असल विद्यार्थी पनि हुन् । अहिले पनि उनी पढ्नमा सौखिन छिन् । इतिहाससँग सम्बन्धित पुस्तकमा उनको विषेश रुची छ ।
२. कक्षा नौमा पढ्दै गर्दा उनलाई क्यामलिन पेन्सिलको विज्ञापनमा काम गर्ने प्रस्ताव आएको थियो । यही विज्ञापनमा काम गरेपछि उनको अभिनय यात्रा सुरु भएको थियो ।
३. अहिलेसम्म १७ हजार वेभसाईट ऐश्वर्या रायको नाममा बनेको छ । यो मध्ये एउटा मात्रै उनको साईट हो ।
४. मोडलिङमा प्रवेश गरेकी ऐश्वर्याले सन् १९९१ मा सुपरमोडल कन्टेस्ट जितेकी थिईन् । फोर्डद्धारा आयोजित यस कन्टेस्ट जितेपछि ऐश्वर्याले वोग म्यागजिनको अमेरिकन एडिशनमा मौका पाएकी थिईन् ।

ais
५. सन् १९९३ मा नायक आमिर खानसँग उनले पेप्सीको विज्ञापनमा मोडलिङ गरेकी थिईन् । सन १९९४ मा मिस वल्डको उपाधी जितेपछि उनको दुनियाँ बदलिएको थियो ।
६. उनी असाध्यै थोरै खानेकुुरा खान्छिन् । उनको सबै भन्दा मिल्ने साथी प्रीति जिन्टा हुन् । तर, आजसम्म उनीहरुले एउटै चलचित्र खेलेका छैनन् ।
७. सन् २००३ मा ‘खाकी’ को सुटिङमा ऐश्वर्या दुर्घटनामा परेकी थिईन् ।
८. ‘दिवार’ उनको सबै भन्दा मन पर्ने चलचित्र हो । यस चलचित्रमा उनका सुसरा अमिताभ बच्चनले मुख्य भुमिका निर्वाह गरेका छन् ।
९. हलिउड नायक ब्राड पिटको चर्चित चलचित्र ‘ट्राय’ मा नायिकाका प्रस्ताव ऐश्वर्यालाई गरिएको थियो । तर, ऐश्वर्याले उक्त प्रस्ताव अस्विकार गरेकी थिईन् ।
१०. उनी भारतको पहिलो नायिका हुन्, जसको स्ट्याचु लण्डनको तुषाद म्युजियममा निर्माण गरिएको छ ।
- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top