झापा, असोज ७ – झापाको काँकडभिट्टा सीमा नाकाबाट मालबाहक गाडी नेपाल प्रवेश गर्न भारतले कडाई गरेको छ । 

सीमापारी भारतको पानीटंकीबाट नेपाल छिर्ने मालबाहक ट्रकहरु बिहानैदेखि लाम लागेको भएपनि पानीटंकीका भन्सार अधिकारीले क्लियरेन्स दिएका छैनन् । झण्डै ६ किलोमिटरसम्म मालबाहक ट्रकको लर्काे लागेको छ । पूर्वको यो सीमा नाकाबाट दैनिक झण्डै एक सय मालबाहक ट्रक नेपाल प्रवेश गर्ने गरेका छन् । बुधबारसम्म स्वभाविक आवागमन भएको पानीटंकीस्थित भन्सार नाकाबाट बिहीबार दिँउसो २ बजेसम्ममा ६ वटामात्र मालबाहक ट्रक नेपाल छिरेका छन् । जसमध्ये दुईवटा भारतीय र चारवटा नेपाली नम्बर प्लेटका गाडी थिए ।
काँकडभिट्टास्थित एकजना नेपाली भन्सार अधिकारीले भारतीय सकमक्षीको भनाई उद्धृत गर्दै  माथिको निर्देशनमा भन्सार कडाई गरिएको बताएका छन् ।

Post a Comment

 
Top