Susil-koirala

६ असोज, काठमाडौं । चौतर्फी दबाब पछि प्रधानमन्त्री सुशील कोइराला आफ्नो अमेरिका भ्रमण स्थगित गर्ने निष्कर्षमा पुगेका छन् । तर, मन्त्रिपरिषद्बाट भ्रमणको निर्णय भएकाले स्थगितको औपचारिक निर्णय हुन बाँकी छ ।
बालुवाटार स्रोतले भन्यो-‘प्रधानमन्त्री अरु नेताहरुले जानुस् भनेकाले जान लाग्नुभएको थियो । मुलुकको जटिल परिस्थितिका कारण अब नजाने निर्णय नजिक पुग्नुभएको छ ।’
आजै मन्त्रिपरिषद बैठक बसेर भ्रमण स्थगितको निर्णय हुन सक्ने बालुवाटार स्रोतले बताएको छ ।
यसअघि मंगलबार साँझ बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डले पनि भ्रमण स्थगित गर्न सुझाव दिएका थिए ।

Post a Comment

 
Top