130112130941_garlic_smuggle_624x351_thinkstock_nocredit

काठमाडौं । नियमित लसुन खाने गर्नाले धेरै फाईदा हुन्छ भन्ने हामीले सुनेका छौं । तर लसुनबारे अर्को फाइदाजनक तथ्य अनुसन्धानले पत्ता लगाएको छ ।

एक अध्ययनले देखाएको सत्य हो कि लसुन खाने पुरुषको वरिपरि महिलाहरु बढि नै आर्कशित हुन्छ । अध्ययनका अनुसार महिलाहरुलाई लसुन खाने पुरुषहरुको पसिनाको गन्ध राम्रो लाग्ने गर्छ ।
garlic_185682006


बैज्ञानिकहरुले बताएका छन् की लसुनमा एन्टिबायोटिक, एंन्टीवायरल र एंटीफंगल गुण हुन्छ जसको कारण महिलाहरु लसुन खाने पुरुष प्रति आर्कशित हुने गर्दछन् ।

लसुन खाने पुरुषबाट आएको पसिनाको गन्धबाट महिलाहरुले पुरुष स्वस्थ्य रहेको संकेतका रुपमा बुझ्ने गरेको अनुसन्धानले देखाएको छ ।

गार्लिक फर्मकी प्रवन्ध निर्देशक नताशा एडवडर्स बताउछिन् ‘लसुन खाने मानिसहरुका लागि यो राम्रो खबर हो ।’

नताशाले बीबीसी रेडियोलाई बताएकी छिन् ‘मानिसहरु मलाई हमेसा सोध्ने गर्छन् की यदि मैले धेरै लसुन खाएँ भने मानिसहरु म बाट झनै टाढा भाग्दैनन् र ?  उनले अगाडि भनेकी छिन् ‘तपाई जति बढी लसुन खानु हुन्छ, त्यति नै तपाईमा रोग प्रतिरोधात्मक क्षमताको बृद्धि हुँदै जान्छ ।’

उनी भन्छिन् ‘मैले सधैंभरि यो मान्दै आएकी थिएँ की लसुन स्वास्थका लागि धेरै नै फाइदाजनक बस्तु हो । तर अब यो अध्ययनबाट पुष्टी भएको छ की लसुन एक अति महत्वपूर्ण खाद्यपदार्थ हो ।’

Post a Comment

 
Top