Deklan-Rusi
एकजना व्यक्ति दुइ वर्षमै ५४ जना सन्तानका बाउ बनेका छन् । बेलायतका डेकलन रुनीले यस्तो किर्तिमान कायम गरेका हुन् ।
उनले आफ्नो शुक्रकिट महिलाहरुलाई दान गर्दछन् । उनले दान गरेको शुक्रकिटबाट अहिलेसम्म १७ जना छोरा तथा १४ छोरी जन्मिसकेका छन् । रुनीका आफ्नै भने ८ जना बच्चा छन् । उनले आफ्ना ४ अलग अलग गर्लफ्रेण्डहरुबाट ८ बच्चा जन्माएका हुन् ।
४३ वर्षका रुनीले अहिलेसम्म ३१ जना महिलाहरुलाई आफ्नो शुक्रकिट दान गरेर आमा बन्न सहयोग गरिसकेका छन् ।
अघिल्लो वर्ष उनले शुक्रकिट दान गर्नका लागि वेबसाइट नै सुरु गरेका थिए । अहिले थप पन्ध्र जना महिलाहरु उनको शुक्रकिटबाट गर्भवती अवस्थामा छन् । यी महिलाले पनि बच्चा जन्माएपछि रुनीको शुक्राणुबाट जन्मिने बच्चाको संख्या ५४ पुग्नेछ ।
वास्तवमा उनीले निशुल्क शुक्रकिट दान गर्दछन् । उनी शुक्रकिट दान गर्नका लागि आफै लामो यात्रा गरेर बोलाएका ठाउँसम्मै पनि पुग्दछन् र त्यस क्रममा जाँदा आउँदाको भाडा बाहेक अरु केहीपनि पैसा लिँदैनन् ।
अझ रोचक त के भने उनले शुक्रकिट दान गर्नका लागि मोबाइल एप पनि सुरु गरेका छन् । उनले फेसबुकबाट पनि आफ्नो कामको प्रचार गर्दछन् । उनले महिलाहरुको चाहना र सुविधा अनुसार शुक्रकिट दान गर्दछन् । महिलाहरुले शुक्रकिट मात्र लिएर कृत्रिम गर्भाधान गर्न पनि सक्छन् वा रुनीसँग यौन सम्पर्क नै गरेर गर्भाधान गर्न पनि पाउँछन् । अहिलेसम्म केही महिलाहरुले आफुसँग प्रत्यक्ष यौन सम्पर्क गरेरै गर्भाधान गरेको उनको दाबी छ ।
आफुले मोजमस्तीका लागि नभै महिलाहरुको मद्धतका लागि यस्तो गर्ने गरेको जिकिर उनको छ । यो सेवा समलिंगी, द्धिलिंगी तथा सामान्य खालका सबै महिलाहरुको लागि भएको उनले बताएका छन् ।

Post a Comment

 
Top