लसुन भान्छामा प्रयोग भइरहने खाद्य सामग्री हो। यसलाई दाल, तरकारी र अचारको स्वाद बढाउन प्रयोग गरिन्छ। लसुन जति स्वादिलो हुन्छ स्वास्थ्यलाई पनि त्यति नै फाइदा पुर्‍याउँछ। नियमित लसुन खाने गर्नाले स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ।
: एक केस्रा लसुनलाई मनतातो पानीसँग खाएमा गानो हट्नुका साथै पेट दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ।
: एक केस्रा लसुनलाई घिउमा फुराएर खानासँगै मुछेर खाएमा मुटु रोगीलाई फाइदा पुग्छ।
: लसुन फुराएको तेलले मालिस गर्नाले शरीर सुन्निएको र दुखेको निको हुन्छ। त्यसैगरी बिहान खाली पेटमा एक दुई केस्रा लसुन खाने गरेमा पनि स्वास्थ्यलाई फाइदा हुन्छ।
: लसुनको रसमा नुन मिसाएर मालिस गरेमा भित्री चोटको दुखाइ कम गर्छ।
: लसुन पिसेर लगाएमा टाउको दुखाइमा कम हुन्छ।
: बिच्छीले काटेको बेला आँपको धूलोसँग मिसाएर लसुन खाएमा विषको प्रभाव कम हुन्छ।
: कुटेको लसुनलाई पानीमा मिसाएर घाउ सफा गरे घाउ पाक्न दिँदैन।
: कान दुखेको बेला लसुनको पातको रस वा लसुन फुराएको तेल कानमा हालेमा दुखाइ कम गर्छ।
: बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ। त्यसैगरी भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ।
: लसुनको केस्रा छोडाएर घिउमा रातो हुने गरी भुटेर दूधमा खीर पकाएझैं पकाएर नियमित एक महिनासम्म खाएमा यसले विर्य बढाउनुको साथै नपुंसकता हराउन सक्छ। -एजेन्सी

Post a Comment

 
Top