यूवतीहरुको
आकर्षण मान्ने गरिन्छ स्तनलाई । स्तन विनाको वा सानो स्तन भएकालाई सायदै
कसैले फर्किएर हेर्छन । त्यसैले यूवतीहरुको स्तन आर्कषक बनाउन विभिन्न
विधीहरु संसारमा विकसित गरिएका छन । कतै सर्जरी, कतै औषधी त कतै त्यस्तै
खाले भित्रि लुगा (ब्रा) बनाउने गरिएको छ । तर संसारमा यस्ता ठाँउ पनि छन
जहाँका यूवतीको स्तनलाई बढ्न दिईदैन । संयुक्त राष्टसंघले सार्वजनिक गरेको
नयाँ रिर्पोटमा बलात्कारबाट बच्ने नाममा युवतीहरुले क्रुर याताना सामना
गर्ने गरेको उल्लेख गरिएको छ । यसका लागि गरुंगो र तातो ढुंगा र फलाम
युवतीहरुको छातीमा राख्ने गरिएको छ । उनीहरुको स्तनलाई सम्म पार्नका लागि
यस्तो गरिएको हो ।
दुनियाँभरमा ३८ लाख
युवती छन् जसले यस्तो क्रुर यातना सहिरहेका छन् । संयुक्त राष्टसंघका
अनुसार नाइजेरिया, दक्षिण अफ्रिका, क्यामरुन लगायतका देशमा मात्रै नभएर
बेलायतमा समेत यस्तो गरिदैँ आएको छ । यस्तो गर्नूको पछाडी महिलामाथि हुने
यौन दुव्यवर्हार र बलात्कारको घटना जिम्मेवार छ । मानिसहरु महिलाको स्तनलाई
सम्म पारेपछि उनीहरु पूरुषजस्तै देखिने विश्वासका साथ यस्तो गर्छन् ।
लेखिका लैला हुसेनले यस्तो तरिकालाई मूर्खतापूर्ण कामको संज्ञा दिएकी छिन् ।
उनले मानिसहरुलाई आफ्ना छोरी यस्तो गर्दा सुरक्षित हुने विश्वास भएपनि
यस्तो कार्यले थुप्रै रोग बढाउने बताएकी छिन् । ब्रिटेन, आयरल्याण्ड
लगायतका देशामा यस्तो अत्याचारबाट महिलालाई बचाउन वुमन्स एन्ड गल्र्स
डेभलपमेन्ट अर्गानाइजेशनले च्यारिटी गर्दै आएको छ ।
यसका
लागि अर्गानाइजेशनले पुलिस, सामाजिक कार्यकर्ता, स्वास्थ विभाग तथथा
स्कुलसँग सहकार्य गर्छ । अधिकांशत १२ देखी १५ वर्षका किशोरीहरुलाई यसरी
गरुंगो फलाम वा पत्थर राखेर यातना दिने गरिन्छ । तर यस्तो कामले क्यान्सर,
अल्सर, स्तनको संक्रमण लगायतका विभिन्न रोग लाग्न सक्छन् । त्यस्तै स्तन नै
पुरै तरिकाले गायब हुनसक्छ । जसका कारण आमा बनेपछि युवतीहरुलाई निकै
हैरानी व्यहोर्नुपर्छ ।
Post a Comment