सीके राउतलाई जेठ १२ गते इटहरीबाट गिरफ्तार गरेर हिरासतमा राखिएको छ । हिरासतबाटै उनले फेसबुकमार्फत् कडा सन्देश जारी गरेका छन् । उनको विचार बुझ्न सहयोगी हुने भएकोले हिन्दी भाषाबाट अनुवाद गरेर पूर्ण पाठ प्रकाशन गरेका छौं- सम्पादक ।
मधेसकै छातीमा हजारौंको संख्यामा नेपाल प्रहरीको षड्यन्त्र र साँठगाँठमा सुनसरी जिल्लाको इँटहरीस्थित इलाका प्रहरी कार्यालयमा मधेसीहरुकै विरोध गरे । पुतला दहन गरे । मधेसीहरुलाई आतंकित गरे । मधेसी चुप लागून्, मधेसीहरु पछि हटून् अनि लाखौं पहाडेहरुलाई मधेस झारेर वन फँडानी गर्न सकौं, मधेसीहरुको जमिन खोसेर बस्न सकौं भनेर उनीहरुले यसो गरेका हुन् । तर, हामी मधेसीहरु ज्यानको बाजी लगाएर आफ्नो माटोको रक्षा गर्नेछौं, मधेस आमाको अस्मिता बचाउने छौं र भन्नेछौं–
जबसम्म रहने छ एक मुठी सास
तबसम्म बचाउनेछौं आमा, माटो र मधेस
अब हामी सारा मधेसमा यी नारा गुञ्जाउने छौं र मधेसको रक्षा गर्नेछौं–
पहाडी बसाइँसराइ – बन्द गर, बन्द गर
वन फँडानी – बन्द गर, बन्द गर
नेपाली उपनिवेश – अन्त गर, अन्त गर
गृहयुद्ध – चाहिँदैन, चाहिँदैन
हाम्रो जमिन – हाम्रै हो
हाम्रो जंगल – हाम्रै हो
झुठा मुद्दा – खारेज गर, खारेज गर
प्रहरी दमन – बन्द गर, बन्द गर
वाक् स्वतन्त्रता – कायम होस्, कायम होस्
हिजो जेठ १२ गते मंगलबार इँटहरीमा पहाडेहरुले गरेको दमनविरुद्ध मोरङको विराटनगर, सप्तरीको भारदह र नवलपरासीको परासीबजारमा मधेसीहरुले प्रदर्शन गरे । अब मधेसीहरु कुनै पनि हालत चुप लाग्नेवाला छैनन् । यस मोडमा आएर हामी मधेसीहरु चुप रह्यौं भने मधेसीहरुकै अस्तित्व समाप्त हुनेछ । यी नेपाली (पहाडी)हरुले हामीलाई हाम्रै भूमि खोसेर हामीलाई नै घरबारहीन बनाउनेछन् । हाम्रो छातीमा बन्दुक तेर्स्याएर शासन गर्नेछन् । मधेसीहरुलाई आफ्नो पाइतालामुनि कुल्चेर राख्नेछन् । हाम्रा आमा–दिदीबहिनीहरुको इज्जत लुटिरहनेछन् ।
(तपाईंहरुलाई याद छ ? यी फिरंगी नेपालीहरुले रौतहटमा कसरी घरघरमा घसेर हाम्रा आमा–दिदीबहिनीहरुलाई पिटेका थिए । के हामी यसरी नै लाज पचाएर हेरिरहने ? कि अब प्रतिकार गर्ने ? उठ, जाग आफ्नो अस्मिता बचाऊ ! आफ्नी आमा, माटो र मधेसलाई बचाऊ !

Post a Comment

 
Top