काठमाडौं, असोज ३ – आइतबार बेलुका संविधान घोषणा गर्दा राष्ट्रपति डा. रामवरण यादवले गर्ने सम्वोधन मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

केही बेरअघि सकिएको बैठकले राष्ट्रपति डा. यादवले संविधानसभामा सम्वोधनको खाकालाई अन्तिम रुप दिएको सामान्य प्रशासनमन्त्री लालुबाबु पण्डितले जानकारी दिनुभयो । नियमावलीमा संविधान जारी गर्दा सम्वोधन नगर्ने व्यवस्था भएपनि राष्ट्रपति डा. यादवको आग्रहमा सरकारले विशेष निर्णय गरेको हो ।
नियमावलीको अनुसूची ७ मा राष्ट्रपतिले हस्ताक्षर गरेपछि संविधान घोषणा हुने उल्लेख छ । शनिबार बसेको तीन दलको बैठकले राष्ट्रपतिले सम्वोधन गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको थियो ।

Post a Comment

 
Top