अर्घाखाँची, साउन ३ – अर्घाखाँचीका  सभासदले आइतबार निर्वाचन क्षेत्र नम्बर १ का नागरिकको राय सुझाव लिएका छन् । संविधानको प्रारम्भिक मस्यौदामा नागरिकको राय संकलन गर्ने कार्य अन्तर्गत राय सुझाव लिएका हुन् ।
गाउँ गाउँमा गएर नागरिकको अभिमत संकलन गर्नका लागि सभासदहरु  टोपबहादुर रायमाझि, मानबहादुर विश्वकर्मा र डा. दुमन सिंह थापा सेनाको हेलिकप्टर चढेर शुक्रबार सन्धिखर्कमा आउनुभएको थियो ।
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत १९ गाविसका नागरिकले महेन्द्र विद्याबोध उच्च माध्यमिक विद्यालयमा पुगेका सभासदहरु तथा सचिवालयका कर्मचारीलाई आफ्नो राय सुझाव मौखिक तथा लिखित रुपमा दिएका हुन् ।
देशलाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने, अर्घाखाँचीलाई लुम्बिनी प्रदेशबाट बाहिर राख्न नहुने, प्रदेशको बाँडफाड हिमाल, पहाड र तराईलाई मिलाएर बनाउनु पर्ने, केन्द्र तथा प्रदेशको उमेद्धारको लागि योगयता किटान गर्नु पर्ने जस्ता सुझाव दिएका छन् ।
यस्तै स्थानीय बासिन्दाले मानव बेचविखन गर्नेलाई मृत्युदण्डको सजाय गर्नु पर्ने, जल, जंगल, जडिबुटी र जमिनमा नागरिकको अधिकार स्थापित गर्नु पर्ने लगायतका सुझाव दिएका छन् । सभासद र कर्मचारीको टोलीले क्षेत्र नम्बर २ मा सोमबार सुझाव संकलनका लागि कार्यक्रम हुनेछ ।

Post a Comment

 
Top