काठमाडौं, साउन २५ - राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको निधन भएको छ । विक्रम संवत १९८६ सालमा गोरखामा जन्मिएका देवकोटाको बिहान न्युरो अस्पतालमा उपचारको क्रममा बिहान निधन भएको हो ।

उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले ११ बजेदेखि प्रज्ञा भवन कमलादीमा राखिंदैछ । उहाँको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
विक्रम संवत २००४ सालको जयतु संस्कृतम् आन्दोलनमार्फत उहाँले राजनीति शुरु गर्नुभएको थियो । जयतु संस्कृतिम आन्दोलनमा लागेको कारण उहाँलाई देश निकाला गरिएको थियो । विक्रम संवत २००७ सालसम्म उहाँले राणा शासन विरुद्ध भएका आन्दोलनको गोरखाबाट नेतृत्व गर्नुभएको थियो । उहाँ राष्ट्रिय पंचायतका अध्यक्ष, साँसद र मन्त्री समेत बन्नुभयो ।
उहाँले एक दर्जन भन्दा धेरै उपन्यास, कविता र निबन्ध पनि लेख्नुभएको छ । उत्सर्ग प्रेम नामक उपन्यास विधाको ग्रन्थका लागि देवकोटाले २०४४ सालमा मदन पुरस्कार गर्नुभएको थियो ।

Post a Comment

 
Top