रौतहट, भदौ ६ – विवाह भएको ८ वर्षसम्म पनि बच्चा नभएपछि झाक्रीकोमा गएकी एक महिलामाथि  बलात्कार भएको छ । रौतहटको जोकाहाकी २५ वर्षकी ती महिलालाई झाक्रीले फुक्ने भन्दै बलात्कार गरेका हुन् ।

मन्त्र लगाएर फुक्न सात ठाउँको पानी आवश्यक भएको भन्दै श्रीमानलाई पठाएपछि ४५ वर्षका झाक्री शेख मोफिजुल मियाले महिलामाथि बलात्कार गरेको पीडित आरोप लगाएका छन् । जिल्ला अस्पताल गौरमा गरिएको परीक्षणले झाक्री दोषी ठहर भएको छ ।

डाक्टरले परीक्षणको क्रममा महिलाले झाक्रीलाई आक्रमण गरेको घाउहरु भेटिएको र झाक्रीको लुगामा पनि रगत भेटिएको बताएका छन् । महिलाले आफूलाई बलात्कार गरेको बताएपछि स्थानीय बासिन्दाले झाक्रीलाई प्रहरीकोमा बुझाएका थिए ।

Post a Comment

 
Top