असार ३१ – बार्सिलोना सामाजिक सञ्जालमा सबै भन्दा बढी मनपराइएको स्पोर्टस क्लब भएको छ । बार्सिलोनाले प्रतिद्वन्द्वी क्लब रियल मड्रिडलाई पछि पार्दै पहिलो स्थानमा रहेको अमेरिकी पत्रिका फोर्ब्सले जनाएको छ । 

सामाजिक सञ्जालमा बार्सिलोनाका एक करोड ९ लाख फलोअर छन् । फेसबुकमा बार्सिलोनाका ८५ लाख ४० हजार तथा ट्वीटरमा १५ लाख ५० हजार फलोअर छन् । 
यस्तै दोस्रो स्थानमा रहेको  रियल म्याड्रिडका ९९ लाख ८० हजार फलोअर रहेका छन् । म्याड्रिडका फेसबुकमा ८३ लाख ३० हजार र ट्वीटरमा १६ लाख ५० हजार  फलोअर रहेका छन् । 
सामाजिक सञ्जालमा मन पराइएको क्लबको तेश्रो स्थानमा इङलिस क्लब म्यान्चेस्टर यूनाइटेड रहेको छ । यूनाइटेडको फेसबुमा ६४ लाख ४० हजार र ट्वीटरमा ५ लाख ५० हजार गरि ७० लाख ९० हजार फलोअर रहेका छन् ।
 तालिकाको चौथो स्थानमा अर्को इङलिस क्लब चेल्सी रहेको छ । चेल्सीका कुल ४८ लाख ७० हजार फलोअर रहेका छन् । जसमध्ये फेसबुकमा ४२ लाख ९० हजार र ट्वीटरमा ५ लाख ८० हजार फलोअर रहेका छन् ।
सामाजिक सञ्जालमा लोकप्रिय क्लबको पाँचौ स्थानमा इङलिस क्लब आर्सनल रहदा छैटौमा जर्मन क्लब वायन म्यूनिख, सातौंमा इङलिस क्लब लिभरपुल, आठौंमा इटालियन क्लब एसी मिलान , नवौंमा लस एन्जल ल्याकर्स र दशौंमा अर्को इङलिस क्लब म्यान्चेस्टर सिटी रहेका छन् ।
 

Post a Comment

 
Top