बैशख १२ गते गएको महाविनाशकारी भुकम्पले हजारौंको ज्यान लिइसकेको छ । हजारौं अङ्गभङ्ग  भएका छन् । अहिलेपनि हजारौंको संख्यामा मानिसहरु बेपत्ता भएका छन् ।
हुनत यो भुकम्पका कारण पुरीएर ज्यानको आशा मारिइसकेका धेरै जनालाई सकुसल उद्धार गरिएको छ । यस्ता सयौं दुखदायी कुराहरु देखिएको भुकम्पमा एउटा कुरा चाहीँ निकै चर्चित बन्यो । त्यो हो जिवित उद्धार गरीएका भक्तपुरका चार महिने बालक सोनित अवालको कहानी । भुकम्पमा परिएको करीव २२ घण्टापछि नेपाली सेनाले सकुसल उद्धार गरेका यी बालकको स्वास्थ्य अस्था अहिले निकै राम्रो रहेको परिवारजनले बताएका छन् । 
परिवारजनका अनुसार बालकको मुहारमा थप चमक देखिएको छ । महाभुकम्पमा पुरीएर पनि पुनरजन्म पाएका यी बालकलाई हेर्न पनि दैनिक सयौंको संख्यामा मानिसहरु उनको घरमा जाने गरेको बताइएको छ ।

Post a Comment

 
Top