काठमाडौं, असार २८ – कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिएको सरकारले दाबी गरेपनि प्रभावकारी हुन सकेको छैन । सरकारले खाद्य वस्तु लगायत दैनिक उपभोग्य वस्तुमा भैरहेको कालोबजारी रोक्न लामो समयदेखि अनुगमन गरिरहेको छ ।
तर दक्ष कर्मचारीको अभाव र नाम मात्रैको अनुगमनका कारण सोचेजति उपलब्धी हुन नसकेको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका कर्मचारी नै बताउँछन् । उनीहरुका अनुसार भूकम्पछि जस्तापातामा गरिएको अनुगमन भने केही प्रभावकारी देखिएको छ ।
बाँकी अरु क्षेत्रमा भने खासै सुधार भएको छैन । यस्तै बजार अनुगमनका क्रममा काठमाडौं उपत्यकाका धेरैजसो बधशाला र मासु पसल निकै फोहोर हुने गरेको भेटिएको छ । जस्तोसुकै ठाउँमा पनि बधशाला राख्ने गरेको पाइएको छ । धेरै ठाउँका मासु पसल फोहोर भेटिएको विभागका निर्देशक हरिनारायण बेल्वासेले बताउनुभयो ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top