काठमाडौं : अर्थमन्त्री रामशरण महतका स्वकीय सचिव रमेश महतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रश्न सोध्ने एक व्यक्तिमाथि कुटपीट भएको छ।

रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा नुवाकोट कविलासका कृष्ण बोहराले प्रश्न सोधेपछि उनलाई कांग्रेस कार्यकर्ताले कुटपीट गरेका हुन्। एमाओवादी कविलास गाउँ अध्यक्ष रहेका उनलाई नुवाकोटका कांग्रेस कार्यकर्ता प्रल्लाद फुयालले थप्पड हानेका हुन्।

नुवाकोटको कविलास, भदुरटार र महाकाली गाविसमा र भूकम्प पीडितलाई वितरण गर्न लगिएको जस्तापाता दुरुपयोगबारे समाचार सार्वजनिक भएपछि अर्थमन्त्रीका भतिज समेत रहेका पिए महतले यसबारे प्रष्ट पार्न भन्दै पत्रकार आइतबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन आयोजना गरेका थिए।

काठमाडौंको भृकुटीमण्डपमा रहेको क्लबको अस्थायी कार्यालयमा आयोजित पत्रकार सम्मेलन रोकिएको अर्घाखाँची दैनिकमा खवर छ ।

Post a Comment

 
Top