baby
आधुनिक चिकित्सा प्रबिधिलाई नै चुनौती दिनेगरी हालै एउटा घटना भएको छ जहाँ नवजात शिशुको पेटमा जुम्ल्याहा बच्चा भेटिएको छ ।
हङकङको क्वीन एलिजाबेथ अस्पतालमा यस्तो एक बच्चाको जन्म भएको छ, जसको गर्भमा दुई जम्ल्याहा बच्चाको भ्रुण भेटिएको छ । मेडिकल जाँचका क्रममा उक्त भ्रुणमा हात, ढाडसहितका अंगहरु समेत विकसित भइसकेको पाइएको छ । डाक्टरहरुकाअनुसार एउटा बच्चाको तौल १४.२ ग्राम र अर्कोको ९.३ ग्राम पाइएको छ ।
जब बच्चा जन्मियो, उसको गर्भमा रहेको भ्रिण निकाल्न सर्जरी गर्ने निर्णय गरियो । सर्जरीपछि बालिकालाई आठ दिन अस्पताल राखेर डिस्चार्ज गरिएको छ ।
चिकित्सकहरुका अनुसार गर्भमा रहेको बच्चाको गर्भमा अर्को गर्भ विकसित भएमा डाक्टरहरुले पनि सहज पत्ता लगाउन सक्दैनन् । यस्तो घटना पाँच लाखमा एक जनामा हुने चिकित्सकहरु बताउँछन्  ।

Post a Comment

 
Top