२३ साउन, काठमाडौं । संविधानसभा बैठक फेरि आजै बोलाइएको छ । दलहरुबीचको छलफल सकारात्मक भएपछि साँझ ६ बजे बैठक बोलाइएको हो । यसअघि शनिबार ३ बजेका लागि बोलाइएको बैठक आइतबार १ बजेका लागि सारिएको थियो । तर, दलहरुले आजै सहमति गर्ने बताएपछि शनिबार नै साँझ ६ बजे बैठक बोलाइएको संविधानसभा सचिवालयले जनाएको छ । १ बजे बोलाइएको सम्वाद समितिको बैठक भने ३ बजेका लागि सरेको छ । प्रमुख दलहरुबीच प्रदेशको सीमांकनसहितका विषयमा छलफल भइरहेपनि सहमति हुन बाँकी छ ।
- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top