नबीन केसी / अर्घाखाँची
सुनसान रात थियो । टहकिला जुन थिए । सहजै खुट्टा राख्न नमिल्ने सडक रातको समय भएर होला पुरै शान्त थियो । बजारका एकाध बाहेक अधिकांश मानिसहरु निद्राको पहिलो त्यान्द्रोमा थिए । रातको झडै साडे ११ भैसकेको थियो । बुटवलबाट छुटेको बस जुनेली पनि शान्ति बगैँचामा आईपुगेको रहेछ । 
केही समय अगाडिको सुनसान र मध्य रातमा एकैछिनमा कोलाहल मच्चिना लाग्यो । मानिसहरु एक्कासी चिच्याउन थाले आगो आगो भन्दै । कारण सामुदायिक रेडियो सूर्योदय भएको भवनको तल्लो तलामा रहेको
श्रद्धा मुवाईल हस्पिटलबाट आगोको मुस्लोले बजार नै उज्यालो गराउदै थियो । गस्तीमा रहेका प्रहरी पनि हतारिन थाले सिट्टी फुक्दै सटर हान्दै मानिसहरुलाई जगाउन थाले । केही छिनमै सयौ मानिसहरु जम्मा भैसकेका थिए । सोही  घरको बिभिन्न तलामा मस्त निद्रामा रहेकाहरु पनि कता कता मानिसहरु कराउन थालेको आवाजले जागीसकेका थिए । ‘बाहिर निस्किएर हेर्दा घरमै आगो लागि रहेको रहेछ, सोही घरको दोस्रो तलामा बस्ने शिशिका माया ज्ञवाली श्रीमानलाई लक्षित गर्दै भन्नुभयोे,‘ सर त आगोको मुस्लोबाटै तल झर्नुभयो, मैले भने माधव सरलाई उठाउन थाले, त्यतिन्जेल आगोको मुस्लो पनि ठुलै भैसकेको थियो ।’ हामी निसास्नि थाल्यौ त्यसपछि सोही सिडिबाट झर्ने अवस्था रहेन, कसो कसो बाहिरबाट छिमेकीको घरको छतमा हाम फाले, उहाँले भन्नुभयो,‘माधव सर म भन्दा अगाडि नै हाम फाली सक्नु भएको थियो ।’  धन्य बाचियो, ‘उहाँले भन्नुभयो, ‘माधव सर त कसरी हाम फाल्नुभयो थाहा भएन म सिधै हाम फाल्दा मेरो भने खुट्टा अस्वाभाविक रुपमा दुख्न थाल्यो । सोही समयमा माधव सर मेरो खुट्टा भाचियो मैले भने, माधव सरले भन्नुभयो ‘मेडम अब बाचियो खुट्टाको उपचार भोली गरौला ।’ 
भने जस्तै भयो हाम फाल्दा उहाँको खुट क्यारेक भएको रहेछ । उहाँ यतिवेला खुट्टामा प्लष्टर गरेर आराममा हुनुहुन्छ । त्यतिन्जेल श्रद्धा मोवाईल हस्पिटल जलेर सखाप भैसकेको थियो । मानिसहरु हार गुहार गर्दै वालुवा र पानीले आगो निभाउने प्रयास गरिरहेका थिए । मोवाईल पसल त जलेर खरानी भै सकेको थियो । त्यो भन्दा झनै ठुलो त्रास गल्लीमा रहेको कार र मोटरसाईकलको थियो । कारलाई गल्लीमै छौडौ आगोले बजारनै सखाप पार्ने डर, युगज्योति छापखाना तथा सोही घरका धनि सिद्धिप्रसाद भुसालले भन्नुभयो, ‘सोही मुस्लोबाटै कारको चाबी लिनका लागि  घरको उपल्लो तलामा निस्किए सधै राख्ने ठाऊ दराजमा भने उक्त चाँबी भेटिएन । एकैछिन यताउती अल्लामल्ला परे पछि पाईन्टमा भए जस्तो लाग्यो पाईन्ट नै बोकेर तल झरे तर सिडिमा धुवाको मुस्लोले झर्ने स्थिती थिए, त्यसपछि पछाडिबाट हाम फालेर अर्को घरको तलामा पुगे त्यतिन्जेल मेरो खुट्टामा पनि चोट लागि सकेको थियो, र पनि घुमेर सटरमै आए । खुट्टा अत्यान्तै दुख्यो गाडि ननिकाली नभएपछि श्रद्धा मुवाईल हस्पिटलका भाई नारायणलाई कारको चाबी दिए , सँगै रहेकी नारायणकी श्रीमति तुल्साले भन्दै थिईन , ‘पसल त गयो गयो, तपाई यो आगोमा कसरी जानुहुन्छ नजानुहोस’ तबपनि नारायणले कार बाहिर निकाले, आगोले कारलाई छुन पाएन, यदि कार ननिकालेका भए आज यसरी बस्ने सक्ने स्थिती हुने थिएन’ भुसालले भन्नुभयो । 
यो घट्ना बुधवार मध्यरातीको हो । विधुत सट भई श्रद्धा मोवाईल हस्पिटल पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घर र मुवाईल पसल गरी झण्डै ५० लाख बराबरको क्षति भएको छ । सँगै रहेको रेडियो सूर्योदयमा पनि आगोले ५ लाख बराबराको क्षति पु¥याएको स्टेशन म्यानेजर हृदयकुमार भुसालले जानकारी दिनुभयो । आग्लागीका कारण रेडियोको नियमित प्रशारणमा समेत केही दिन समस्या आएका उहाँको भनाई छ । आगलागीमा श्रद्धा मोवाईल पसलको सम्पूर्ण सर समान ,नगद ,खाता लगायत सवै जलेर नष्ट भएको छ । सामुदायिक रेडियो सुर्योदय, युगज्योती छापाखाना, एसियन लाईफ ईन्सुरेन्स, एन्टोन स्वास्थ प्रयोगशाला, आईस्क्रिम पसल लगायतका विभिन्न संघ सस्थाको कार्यालय रहेको घरमा भएको आगलागि तत्काल नियन्त्रणमा नआएको भए अकल्पनिय क्षति बेहोर्नु पर्ने प्रत्यक्षदर्शीले बताएका छन । 
आगो निभाउन सन्धिखर्क नगरपालिकाले दमकल खरिद गरेको भएपनि दमकल आगो निभाउन नभई आगो लागेको हेर्न ल्याए जस्तै भएको छ । नगरपालिकाले लाखौ खर्चेर ल्याएको दमकल प्रयोग बिहिन भएको भनि यतिवेला जिल्लामा टिका टिप्पणी पनि तिब्र हुन थालेको छ । यस बिषयमा नगरपालिकाले भने आवश्यक जनशत्ति नभएको प्रतिकृया दिएको छ । सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोसीले कार्यलयमा आवश्यक जनशक्ति नभएको र दमलक सन्धिखर्कमा आएपनि टेण्डरप्रकृयाबाट खरिद गरिएको संस्थाले नगरपालिकालाई हालसम्मा हस्तान्तरण नगरेको बताउनु भयो । उहाँले घट्ना घटिसकेपछि तत्काल सम्बन्धित ब्याक्तिलाई सम्पर्क गरी दमकल हस्तान्तरण गर्न र नगरपालिकामा तत्काल चालक नभएको हुनाले जिल्ला प्रहरी कार्यलयको समन्वयमा जिल्ला प्रहरी कार्यलयलाई नै दमकलको जिम्मा दिने बताउनु भयो ।

Post a Comment

 
Top