पाल्पा, साउन २३ – पाल्पाको सिद्धबाबामा पहिरोसँगै बस नदीमा खसेको छ । पाल्पाबाट बुटवलका लागि छुटेको लु १ ख ५७ ७१ नम्बरको बस पहिरोसँगै तिनाउ नदीमा खसेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बस नदीमा रहेको र पहिरो झरिरहेकाले उद्धारको काम सुरु गर्न नसकिएको प्रहरीले जनाएको छ । बसमा रहेका यात्रुको संख्या भने यकिन हुन सकेको छैन ।

Post a Comment

 
Top