भक्तपुर, साउन १८ -  उद्योग मन्त्री महेश बस्नेतले अबको दुई हप्ताभित्र सबैको मन जित्ने संविधान घोषणा हुने दावी गर्नुभएको छ । बिहान भक्तपुरमा भएको कार्यक्रममा उहाँले संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै सहमतिमै सीमांकनलाई समेत टुङ्गोमा पुर्याएर संविधान घोषणा हुने बताउनुभयो ।
संविधानमा नागरिकको सुझाव समिटिने पनि उहाँले दावी गर्नुभयो । मन्त्री बस्नेतले तराई, पहाड र हिमाललाई एक बनाउने गरी सीमाकंन हुनुपर्ने पनि बताउनुभयो ।

Post a Comment

 
Top