Pokhara-City३ असोज, पोखरा । नयाँ संविधानको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले आइतबार आह्वान गरेको बन्दको पोखरामा बिहानैदेखि प्रभाव परेको छ ।
बन्दका कारण पोखरामा सवारी साधन कमै मात्र चलेका देखिएका छन् । केही मोटरसाईकल र फाट्टफुट्ट रुपमा ट्याक्सी चलेपनि सार्वजनिक सवारीका साधन सञ्चालनमा आएका छैनन् ।
पाँच बन्दकर्ता पक्राउ
यसैबीच, लेखनाथको पावरहाउसबाट पाच बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बिहानै बन्द गराउँदै हिंडेका बन्दकर्ता अखिल क्रान्तिकारी कास्कीका उपाध्यक्ष आश गुरुङसहितका पाँच जनालाई प्रहरीले पक्राउ गरेको नेकपा माओवादीका तमुवान ईञ्चार्ज सावित्री दुराले जानकारी दिईन् ।
शान्तिपूर्ण रुपमा बन्द आह्वान गर्दै हिँडेका आफ्ना कार्यकर्तालाई बिना सर्त रिहा गर्न माग गरेकी छन् ।
बन्दमा एम्वुलेन्स, प्रेस, मानवअधिकार तथा अत्यावश्यक सामग्री बोक्ने सवारी साधनलाई छुट दिईने दुराले जानकारी दिईन् । उनले पर्यटक तथा कुटनीतिक नियोगका सवारी साधनलाई भने छुट नदिईने बताईन् ।
दुराले शान्तिपूर्ण बन्द गराउँदा प्रहरीले धरपकड तथा वल प्रयोग गरेमा प्रतिकार गर्ने चेतावनी दिएकी छिन् । उनले भनिन्,-‘राज्यले जस्तो व्यवहार गर्छ बन्दको स्वरुप त्यस्तै हुन्छ, कडा पारे कडा, नरम गरे नरम ।’
- See more at: http://www.onlinekhabar.com/

Post a Comment

 
Top