राजविराज, साउन ४ – संविधान सभाको मस्यौदा
उपर सोमवार सप्तरीमा भएको सुझाव संकलन कार्यक्रममा क्रममा आन्दोलनरत
मधेशवादी दलका कार्यकर्ता र प्रहरी बिच झडप भएको छ । झडपमा १५ जना प्रदर्शनकारी घाईते भएका छन् ।
राजविराजस्थित
जिल्ला विकास समितिको सभाकक्षमा सभासद उमेशकुमार यादव, रञ्जु ठाकुर,
सकलदेव सुतिहार, मिथिला चौधरी लगायतको उपस्थितीमा भइरहेको सुझाव सम्बन्धी
छलफल भइरहेको बेला संघीय समाजवादी फोरम, सदभावना पार्टी, तराई मधेश
त्यस्तै क्षेत्र नम्बर २ को भारदहमा
आन्दोलनकारी र प्रहरी बिच झडप हुँदा संघीय समाजवादी फोरमका क्षेत्रीय
अध्यक्ष विरेन्द्र माझी, जोगेन्द्र यादवलगायत घाईते भएका छन् । झडपमा एक
प्रहरीसमेत घाईते भएको स्थानियले जानकारी दिएका छन् । झडपपछि
आन्दोलनकारीहरुले भारदह चोकमा पुर्व पश्चिम लोकमार्ग अवरुद्ध पारेका छन् ।

Post a Comment