खोटाङ, साउन २ – खोटाङको धार्मिक तथा पर्यटकीय स्थलहरुमा राँके मेला लागेको छ । जिल्लाको महुरे, रुपाकोट, मझुवागढी, देबिस्थान लगायतका स्थानमा शनिबार बिहानदेखि साँस्कृतिक राँके मेला लागेको हो ।
राँके मेला हरेक वर्षको साउने संक्रान्ति पर्वको पछिल्लो दिन लाग्ने गर्दछ । वर्ष दिनको खेतीको कामबाट थकित भएका किसानले साउने संक्रान्तीका दिन हिलोमैलो पखालेर दोश्रो दिन रमाइलोकालागि राँके मेला भर्ने चलन रहिआएको छ ।
यस दिन खेतीको काम गर्न नहुने विश्वासमा फुर्सदको समयलाई सदुपयोग गर्दै सबैजना मेला भर्न जाने प्रचलन सुरु भएको डम्बर्खुशिवालय–७ का स्थानीय बिदुरमान राईले बताउनुभयो । यसै राति राँको बालेर डालो, नाङ्लो ठटाउँदै ‘लुतो नलागोस’ भन्दै कामना गर्ने प्रचलन रहिआएको बुढापाकाहरुको भनाई छ ।

Post a Comment

 
Top