नवलपरासी, साउन १३ – हिन्दुराष्ट्र बचाउ अभियान, नेपालले  बन्दको  अवज्ञा गरेको भन्दै नवलपरासीको कावासोतीमा बुधबार दिउँसो एउटा टोयटा जीपमा तोडफोड गरेको छ  । बुटवलबाट नारायणगढका लागि छुटेको बा ७ च  ५४३८ नम्बरको जीपमा ढुङ्गा प्रहार गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट जीपको पछिल्लो भागको सिसा फुटेको छ ।
तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई पक्रेको छ । पक्राउ पर्नेमा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य एवम् अखण्ड पार्टी नवलपरासीका उपाध्यक्ष नन्दप्रसाद अर्याल, राप्रपा नेपाल नवलपरासीका अध्यक्ष लोकनाथ लामिछाने र टिकाराम भुसाल छन् ।
प्रहरीले तीन जनालाइ पक्रेपछि केहिबेर स्थिति तनावग्रस्त बनेको थियो । पक्राउ पर्नेलाई इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।  बन्दकर्ताहरुले नवलपरासीको विभिन्न स्थानमा राजमार्गमा हिन्दुराष्ट्र कायम गर भन्ने नारा लेखी ओम अंकित झण्डा गाडेर बसेका कारण पूर्व पश्चिम राजमार्गको यातायात ठप्प बनेको छ ।

Post a Comment

 
Top