असोज ४ –  ग्रिसमा भएको चुनावमा निवर्तमान प्रधानमन्त्री एलेक्सिस सिप्रोसको पार्टी सिरिजा विजयी भएको छ । ६ वर्षको अवधिमा पाँचौं पटक भएको चुनावमा सिप्रोसको पार्टी विजयी भएर फेरि सत्ता सम्हाल्ने अवसर पाएको छ । 

आर्थिक संकट गहिरिँदै गएपछि गएको अगस्टमा सिप्रोसको पार्टी सिरिजाले संसदमा बहुमत गुमाएको थियो । आइतबार भएको चुनावको अधिकांश मतगणना हुँदासम्म  सिरिज पार्टीले ३५ दशमलव ५ प्रतिशत मत ल्याएकोे छ । निकटतम प्रतिद्वन्द्वी न्यु डेमोक्रेसी पार्टीले २८ दशमलव २ प्रतिशत मत ल्याएको छ । सिरिजा पार्टीका नेता तथा प्रधानमन्त्री सिप्रोसले जित नागरिकको भएको र आफ्नो पार्टी ग्रिसमा गहिरिएको आर्थिक संकट समाधानका लागि गम्भीर भएर लाग्ने बताउनुभएको छ । अब बन्ने नयाँ सरकारले युरोपेली संघको राहत प्याकेजको शर्त अनुसार सुधारको कठोर योजना बनाउनु पर्नेे छ ।

Post a Comment

 
Top