१९ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको यमुनाडाँडा गाविसमा हेलिकोप्टर दुर्घटना भएको छ । अनलाइनखबरकर्मी दिनेश थापाका अनुसार राहत सामाग्री लिएर गएको हेलिकोप्टर बलेफी नजिक यमुनाडाँडामा खसेको हो ।
बिजुलीको तारमा अल्झिएर हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । घटनास्थलमा धुँवा आइरहेको स्थानीयले बताएका छन् । विस्तृत विवरण आउन बाँकी छ ।
यस अघि पनि उद्धारमा गएको अमेरीकी सेनाको हेलिकप्टर सिन्धुपाल्चोकमै दुर्घटना भएको थियो ।

Post a Comment

 
Top