काठमाडौं, १५ जेठ । दिनहुँ भूकम्प गइरहने जापानमा शुक्रबार ज्वालामुखी फुटेको छ ।
जापानी सञ्चारमाध्यमले जनाएअनुसार सुदूर जापानको कुचिनोएराबुजिमा द्वीपमा शुक्रबार विहान ज्वालामुखी फुटेको हो । सो ज्वालामुखीको असर थुप्रै स्थानमा परेको बताइएको छ ।
ज्वालामुखी फुटेपछि स्थानीय प्रशासनले सबैलाई हाई अलर्टमा रहन निर्देशन दिएको छ । प्रशासनले कुचिनोएराबुजिका सबै स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिरहेको समाचारमा जनाइएको छ ।
जापानको राष्ट्रीय प्रसारण सेवा एनएचकेले बताएअनुसार ज्वालामुखीको सक्रिय हुन थालेपछि अत्यधिक गर्मी ग्यास र फलाम बाहिर निस्किरहेको छ । ज्वालामुखी फैलिएर समुद्री किनारसम्म पुगिसकेको अधिकारीले जनाएका छन् ।
अब केही समयमै त्यहाँका बस्तीहरुमा ज्वालामुखीले प्रवेश गर्दैछ । ज्वालामुखी फुटेको द्वीपमा १५० जना बस्दै आएका थिए । यो द्वीप जापानको मुख्य दक्षिणी द्वीप क्यूशू स्थित क्यूशू इलेक्ट्रिक पावरको सेनदई नाभिकीय सयन्त्रबाट करीब १६० किलोमीटर दक्षिणमा पर्छ ।
ज्वालामुखीको क्षतिको विवरण सार्वजनिक गरिएको छैन् । विश्वमा जापान भूकम्प र ज्वालामुखी विस्फोटनको उच्च जोखिममा रहेको देश हो । एजेन्सी

source : http://dainiknepal.com/

Post a Comment

 
Top