प्रेम आचार्य

अर्घाखाँची, साउन २५– अर्घाखाँचीको सन्धिखर्कमा भूकम्पले चर्किएको घर गएराती भत्किँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । 
सन्धिखर्क नगरपालिका वडा न. ५ वांगला खरीपाटामा रहेको रामप्रसाद खत्रीको घर भत्किँदा त्यही घरमा बस्दै आएका प्युठान जिल्ला अर्खा गाविस २ का प्रशान्त थापाको छोरा ९ बर्षिय तिलक थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युबराज तिमिल्सिनाले बताउनु भयो । 
घर भत्किँदा मृतक तिलककी आमा र ६ बर्षिय भाइ घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । प्युठान घर भएका प्रशान्तको परिवार मजदुरीको सिलसिलामा अर्घाखाँचीमा बस्दै आएका थिए ।

Post a Comment

 
Top