काठमाडौं, साउन २५ - हुम्लामा भूकम्प गएको छ । गएराति १२ बजेर २१ मिनेटमा हुम्ला केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्ले कुनै क्षति पुगेको खबर आएको छैन ।  

यस्तै आज बिहानै गोरखामा भूकम्पको पराकम्प गएको छ । बिहान सवा ४ बजे गोरखा केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पपछि ४ रेक्टर स्केल भन्दा माथिका ३७४ वटा पराकम्प गैसकेको केन्द्रले जनाएको छ । 

Post a Comment

 
Top