युएई, असोज ३ – देशमा नयाँ संविधान घोषणा हुने तयारी भैरहेका बेला परदेशमा रहेका नेपाली पनि खुशी भएका छन् । संविधान घोषणाको खुशीमा युएईमा रहेका नेपाली उत्सव मनाउने तयारीमा जुटेका छन् ।

केही दिनअघि देखिनै खुशीयाली साटासाट गरेपनि आइतबार विशेष कार्यक्रमसहित भेला भएर कार्यक्रम गर्ने तयारीमा लागेको एमाओवादीको प्रवास स्थित जनवर्गिय सगंठन नेपाली जनप्रगतीशिल मन्च युएईका अध्यक्ष हेमन्त पौडेलले बताउनुभयो । नेपालमा जस्तो भव्य खुशी मनाउन नपाए पनि एकआपसमा बधाई तथा शुभकामना आदान प्रदान गर्ने क्रम चलेको छ । आइतबार बेलुका जारीहुने संविधानले सबै नेपालीका हक अधिकार सुनिश्चित गर्ने र देशमा देखिएको समस्या समाधान हुने उनीहरुको विश्वास छ ।
अब देशभित्र शान्तिपूर्ण रुपमा बाँच्न पाउने र कामका अवसर सिर्जना हुने आशामा परदेशी नेपाली खुशी भएका हुन् । युएईको सारजाहमा कार्यरत बाग्लुङका पशुपती शर्माले संविधान आएपछि हुने परिवर्तनका बारेमा धेरैलाई थाहा नभएपनि संविधान घोषाणाको खबरले खुशी भएको बताउनुभयो । मन्चका युएई अध्यक्ष पौडेलले संविधानले सबैका भावना नसमेटिएको भए समेट्दै लैजानुपर्ने तर अशान्ती पैmल्याउन नहुनेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति युएईका सभापति चित्र केसीले झन्डै ८ वर्षको संघर्षपछि आएको संविधानले नेपाली नागरिकलाई ठूलो खुशी मिलेको बताउनुभयो । सबैको मागलाई समेटेर देशमा शान्ति आएको भए त्यसले झनै खुशी मिल्ने बताउनुभयो ।
नेकपा एमालेको प्रवासी नेपाली मन्च युएईका महासचिव उत्तम अधिकारीले नेपाली नागरिकले आफ्नै जनप्रतिनिधि मार्फत लेखिएको संविधानले युगौंदेखिको सपना पुरा भएको बताउनुभयो  । संविधान घोषणासँगै देशमा थप स्थायित्व हुने भएकाले यसका लागि देश विदेशमा रहेका सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभयो ।
एनआरएन युएईका पूर्व महासचिव तथा आइसिसी सदस्य गोपाल कँडेलले देशमा मकजोर कानुन हुँदा देखिएका समस्या अब समाधान हुने आशा व्यक्त गर्नुभयो । अब परदेशमा रहेका नेपालीले संविधान कार्यान्वयनका लागि सहयोग गर्नुपर्ने उनीहरुको भनाई छ  ।

Post a Comment

 
Top