काठमाडौं, असार १३ – नेकपा एमालेको भातृ संगठन युवा संघले काठमाडौंमा तेजाव आक्रमणबाट घाइते भएका छात्रा सीमा बस्नेत र संगीता मगरलाई आर्थिक सहयोग गरेको छ ।
संघले आइतबार दुवै जनालाई २५/२५ हजार नगद प्रदान गरेको हो । उनीहरुलाई एक महिनाभित्र एक एकवटा कम्प्युटर पनि उपलब्ध गराउने युवासंघकी अध्यक्ष निरुदेवी पालले जानकारी दिनुभयो । उहाँले सरकारलाई थप सहयोगका लागि पनि पहल गर्ने बताउनुभयो ।

Post a Comment

 
Top