भात खाँदा मोटोपन बढ्छ भन्ने डरका कारण कतिपय मानिसहरुले भात कम खाने गरेको छ । अमेरिकाको हेल्थ एण्ड न्यूट्रिशन एक्जामिनेशन सर्वेले गरेको अध्ययनले भातखाँदा धेरै फाइदा हुने देखाएको छ । शोधकर्ताहरुले २००५ देखि २०१० सम्म १४ हजार ३ सय ८६ अमेरिकीमाथि अध्यन गरेर यो निष्कर्ष निकालेका हुन् । भात पोषक तत्वले भरिपूर्ण रहेको र यसले मोटो पन घटाउन पनि मद्धत गर्छ । प्रमुख शोधकर्ता थेरेसा नकलसका अनुसार भातमा पोटाशियम म्यग्नेशियम, आइरन, फोलेट र फाइबर जस्ता पोषक तत्व अधिक मात्रामा हुन्छ भने सैचुरेटेड फ्याट्स र शुगर कम मात्रा मात्रामा हुन्छ । भातले पेट भरिएको आभास छिटो दिने हुँदा पनि अधिक खाना खानबाट बचाउने शोधकर्ताको तर्क छ । भातको साथमा फल साग सब्जी र गेडागुडी पनि खाँदा शरीर फिट राख्न सहज हुने शोधकर्ताको भनाइ छ । यसैकारण भात तौल घटाउनका लागि निक्कै फाइदाजनक मानिन्छ ।

Post a Comment

 
Top