गार्टनरले सन् २०१५ का लागि म्रमुख १० टेक्नोलोजी ट्रेन्ड अघि सारेको छ, जुन धेरै संस्थाहरुलाई रणनीतिक बन्नेछ । विज्ञहरुले गार्टनर आइटी एक्स्पोमा उनीहरुका तथ्यहरु प्रस्तुत गरेका थिए । गार्टनरले रणनीतिक टेक्नोलोजीकल प्रवृतिलाई संस्थाहरुमा आउने तीन वर्षसम्म पार्न सक्ने प्रभावका रुपमा व्याख्या गरेको छ । यस्तो प्रवृतिले संस्थाको दूरगामी योजना तथा कार्यक्रमहरुमा प्रभाव पार्दछ ।
विज्ञ डेभिड सिअर्लीका अनुसार यस्ता प्रवृतिहरुले तीन ओटा विषयहरुलाई ओगट्छन्– वास्तविक र भर्चुअल दुनियाँलाई गाभ्ने, सबैतिर चेतना फैलाउने र डिजिटल विजनेसको प्राविधिक प्रभाव बढाउने ।
ती १० टेक्नोलोजी प्रवृतिहरुलाई यसरी प्रस्तुत गरेको छ ।
सबैतिर कम्प्युटिङ :
मोबाइल उपकरणहरुको बढ्दो प्रयोग भइरहेको अवस्थामा थार्टनरले यस्ता उपकरण प्रयोकर्ताहरुको आवश्यकतालाई बुझी कन्टेन्ट र परिवेशमा विविधता हुने कुरा बताएको छ ।
थ्रिडी प्रिन्टिङ :
२०१५ मा विश्वभर थ्रिडी प्रिन्टिङको व्यापार ९८ प्रतिशत र २०१६ मा दुई गुणाले वृद्वि हुने अनुमान गरिएको छ । आगामी ३ वर्षम थ्रिडी प्रिन्टिङ अझ माथिल्लो उचाइमा पुग्नेछ ।
बिग डाटाको व्यवस्थापन :
बिग डाटा प्रयोग गर्ने संस्थाहरुका बढ्दो डाटाको बहावलाई विश्लेषण गरिनेछ । योसँगै सही समयमा सही मान्छेलाई सही सूचना दिनुपर्ने हुन्छ ।
डेटाका चार मोडेलहरुको प्रयोग बढ्ने :
डेटाको बहाव र सेवाहरुले प्रयोगका चारवटा मोडेल बनाउनेछन् – व्यवस्थापन, निगरानी, सञ्चालन र विस्तार । यी चारवटा मोडेल इन्टरनेटको कुनै पनि चार आधारमा लागू हुनेछन् ।
विषयवस्तुमुखी सिष्टम :
कुनै सिष्टमको चौतर्फी विकास त्यसले आफेनो परिवेशप्रति जागरुपता र दिन सक्ने सटिक प्रतिक्रियामा भर पर्छ । विषयवस्तुमा आधारति सिष्टम अर्को चासोको विषय हो ।
स्मार्ट मेसिन :
स्वचालित उचयतयतथउभ सवारीसाधन, अत्याधुनिक रोबोट, भर्चुअल व्यक्तिगत सहयोगी र स्मार्ट सल्लाहकारहरु अझ दु्रत गतिमा बढ्नेछन् । यसले मेसिनको युगको रुपमा विश्वलाई नयाँ उचाइमा पुर्याउनेछ ।
वेब स्केल आइटी :
वबे स्केल आइटी विश्वस्तरीय कम्प्युटिङको नमूना हो, जसले ठूला क्लाउड सेवा प्रदायकहरुको क्षमतालाई इन्टरप्राइज आइटी सेटिङभित्र पुर्याउँछ । वेब स्केल आइटी त्यति चाँडो हुँदैन् ।
क्लाउड तथा क्लाइन्ट कम्प्युटिङ :
क्लाउड र मोबाइलको सम्मिलनले कुनै डिभाइसलाई दिइने एप्लिकेशनहरुको विकासमा ठूलो मद्दत पुग्नेछ । क्लाउड क्लाइन्ट मल्टिमिडिया डिभाइसको कन्टेन्ट र एप्लिकेशननको अवस्था धेरै डिभाइसहरुमा सिङक्रोनाइजिङ गर्न सक्षम हुन्छ ।
जोखिममा आधारित सुरक्षा र आत्मसुरक्षा :
डिजिटलमा निहित भविष्यको सबै बाटाहरु सुरक्षासँग जोडिएका छन् । तर पनि सुरक्षाकै कारण डिजिटल व्यवसाय सबै उपलब्धि रोकिने भन्ने हुँदेन् ।
सफ्ट्वेयर निहित एप्लिकेशन र संरचनाहरु :
संस्थाहरुले डिजिटल बिजनेसलाई अझ सहज र लचक बनाउन आफ्ना एप्लिकेशनहरुदेखि संरचनाबाट सजिलो र छरितो प्रोगामिङ अपनाउयन आवश्यक छ ।
स्रोत: आइसिटी म्यागाजिन

Post a Comment

 
Top