वीरगन्ज (पर्सा), असार १८ वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको गढीमाई नगरपालिकाको वडा नं ९ मा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ भने अन्य तीनजना घाइते भएका छन् । 

प्रहरीका अनुसार काठमाडौँबाट वीरगन्जतर्फ आइरहेको ना ५ ख ३०९९ नम्बरको यात्रुबाहक बसले ना २ त ९१५० नंको ट्र्याक्टरलाई ठक्कर दिँदा ट्र्याक्टरमा सवार गढीमाई नगरपालिकाकै कन्हैया महतोको मृत्यु भएको हो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसरी नै ट्र्याक्टरका चालक रामनारायण दाससहित सहचालक दिनेश गिरी र श्यामबावु सहनी गम्भीर घाइते भएका छन् । घाइते सबैको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने यात्रुबसलाई इलाका प्रहरी कार्यालय जीतपुरले आफ्नो नियन्त्रणमा लिएको छ ।
साभार : सेतोपाटी

पहिरोको कारण ताप्लेजुङमा एक हजार बढी पशुचौपाया मरे, करोडौंको क्षति

पहिरोको जोखिम यथावत
 
प्रकाशित मिति: 3:25:40 pm, July 07, 2015
1
 
1
 
0
 
0
 
3
 
 
  • प्रयास लिम्बू
ताप्लेजुङ, असार २२ – ताप्लेजुङमा पहिरोका कारण एक हजार बढी पशुचौपाया मरेका छन् भने यसबाट करोडौं रुपैयाँको क्षति हुन पुगेको छ । करिव एक महिनाअघि अर्थात् गएको जेठ २७ गते जिल्लाको पश्चिमी क्षेत्रमा गएको पहिरोमा परेर मात्रै एक हजार ३३ वटा पशुचौपाया मरेका छन् । उक्त संख्यामा पशुचौपाया मर्दा दुई करोड रुपैयाँ बढिको क्षति हुन पुगेको स्थानीयले बताएका छन् ।
file photo
file photo
जिल्ला पशु सेवा कार्यालय ताप्लेजुङका अनुसार पश्चिमी छ गाविसहरु खोक्लिङ, लिबाङ, थिङ्लाबु, सान्थाक्रा, खाम्लुङ र लिङ्तेपमा मात्रै उल्लेखित संख्यामा गाई, भैंसी, बाख्रा, सुँगुर, खच्चड, कुखुरा, परेवा लगायतका पशुपंक्षीहरु पहिरोमा परी मरेका छन् । पहिरोमा परी गाईगोरु ९० वटा, राँगा भैंसी ४३ वटा, खसीबाख्रा तीन सय ४४ वटा, सुँगुर एक सय ४३, कुखुरा चार सय १३, खच्चड चार र एक वटा परेवा मरेको विवरण कार्यालयमा प्राप्त भएको पशुसेवा कार्यालयका खरिदार सुरेश अधिकारीले जानकारी दिए ।
स्थानीय किसानहरुले भने उक्त संख्यामा पशुचौपाया मरेकाले दुई करोड रुपैयाँ बढी मूल्य बराबरको क्षति हुन गएको अनुमान गरेका छन् । उनीहरुले ९० वटा गाईगोरुको मूल्य ५० लाख रुपैयाँ, ४३ वटा राँगाभैंसीको ३० लाख रुपैयाँ, तीन सय ४४ वटा खसीबाख्राको ६० लाख, एकसय ४८ वटा सुँगरबंगुरको मूल्य ३२ लाख, चार सय १३ वटा पंक्षीको १० लाख र चारवटा खच्चडको चार लाख रुपैयाँ पर्ने अनुमान गरी यसबाट दुई करोड रुपैयाँ बढी क्षति भएको बताएका छन् ।
यस्तै जिल्लाको अन्य गाविसहरुमा पनि पहिरोले बगाएर तथा पुरिएर धेरै पशुचौपाया मरेको स्थानीयले बताएका छन् ।
बाढी पहिरोले पशुचौपाया बगाउँदा ठूलो क्षति बेहोर्नुपरेको किसानहरु बताउँछन् । अझैपनि वर्षाको क्रम रहिरहेकाले पहिरोको जोखिम उत्तिकै रहेको उनीहरुको अनुमान छ ।
- See more at: http://www.ratopati.com/2015/07/07/245918.html#sthash.wq5gNwO2.dpuf

Post a Comment

 
Top