गुल्मी, साउन–८ आत्महत्या, सुन्दै डरलाग्दो शब्द, जसले परिवारमा दुःख मात्र निम्ताउँछ । एउटै आत्महत्या जसले सिंगो परिवारलाई तहसनहस बनाउँछ । तर, गुल्मीमा भने एकै दिन एउटै टोलका काका भतिजीको आत्महत्या गरेका छन् । आत्महत्या, त्यो पनि एउटै रुखमा झुन्डिएर । एउटै रुखमा झुन्डिएर भएका दुई आत्महत्याले सिंगो गुल्मीलाई हल्लाएको छ । गुल्मीको पिपलधारामा नातामा काका भतिजी पर्ने अन्दाजी १६ वर्षिया युवती रुखको टुप्पोमा झुन्डीएको अवस्थामा मृत फेला परेकी थिइन भने अन्दाजी ४० वर्षिया पुरुष त्यसको फेंदमा मृत भेटिए । पिपलधारा गाविस वडा नम्वर– ८ मा अन्दाजी ४० वर्षिय वेलबहादुर मुखीया खनियाको रुखको फेदमा मृत फेला परेको र उनकी भतिजी पर्ने अन्दाजी १६ वषिया सिता मुखीया त्यसै रुखको टुप्पोमा झुन्डीएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । ‘यस्तो अवस्थामा मृत फेला परेका उनिहरु नातामा काका भतिजी पर्ने स्थानीले बताएका छन् ।’ घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामप्रसाद पौड्यालले भने– ‘तर के कारणले यस्तो अवस्थामा मृत फेला परे भन्ने कुरा अहिले हामीले भन्न मिल्दैन् र स्थानियले पनि केहि भन्न चाहेका छैनन् ।’ उक्त रुखको करिव तिन ३ मिटर तल वेलबहादुर र रुखमा सिता झुन्डीएको अवस्थामा शुक्रबार विहान मात्रै स्थानियले देखेर प्रहरीलाई खवर गरेको प्रहरी निरीक्षक पौड्यालले बताए । उनिहरु कति वेला सम्म घरमा थिए ? मृत्युको कारण के हुन सक्छ ? भन्ने विषयमा जिज्ञाषा राख्न खोज्दा कुनै पनि स्थानियवासी वोल्न चाहेनन् । गुल्मीमा तीन दिनदेखि दैनिक आत्माहत्या गरेका छन् । बुधबार रिडीमा , बिहीबार हस्तीचौरमा र शुक्रबार पिपलधारामा नातामा काका भतिजी पर्ने मृत फेला परेका हुन् । गुल्मीमा गत केहि वर्ष यता आत्महत्या गर्नेहरुको सख्या बृद्धि हुँदै आएको छ । गत आर्थिक वर्ष २०७१/०७२ को असार मशान्त सम्म गुल्मीमा ४७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको विवरणले देखाएको छ । ति मध्ये बढि मात्रमा पुरुषहरुले आत्महत्या गरेका छन् । एक वालाक सहित आत्महत्या गर्ने पुरुषको संंख्या २७ रहेको छ । त्यस्तै दुई वालिका सहित २० जना महिलाहरुले आत्महत्या गरेका छन् । त्यसमा दलिहरुको संख्या बढि रहेको छ । ४७ जनामा १५ जना दलित रहेका छन् । १३ जना क्षेत्री, ३ जना व्राम्हण र ३ जना जनजाती र बाँकी अन्य रहेका छन् । आत्महत्या गर्नेहरुमा बढि मात्रमा युवा उमेरका बढि छन् । आईए एक जना र एसलसी पास गर्ने चार जना छन् । कक्षा ८ भन्दा तल पढ्नेहरु बढि छन् । मानसिक कारणबाट आत्महत्या गर्नेहरुको संख्या बढि छ । १९ जनाले मानसिक समस्याका कारण आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको विवरणले देखाएको छ । १० जनाले आर्थिक समस्याका करण, ५ जनाले पारिवारिक समस्या र ३ जनाले प्रेममा असफल भई आत्महत्या गरेको र अन्य कतिपयले बिमारले दिक्क भएर आत्महत्या गरेको पाईएको छ । मानसिक समस्याको कारक गरिवी, अनमेल सम्वन्ध र असफल प्रेम बढि देखिन आएको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा गत आर्थिक वर्षको आत्महत्या संख्या करिव दश जनाले बढि हो ।

Post a Comment

 
Top