भक्तपुर, भदौ २५ – भाद्र कृष्ण त्रयोदशीका दिन शुक्रबार भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दीपंकरलाई दिनभर नगरको विभिन्न भाग तथा बौद्ध बिहारहमा परिक्रमा गराइएको थियो । दीपंकर बुद्ध भनेर पूजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवैही महाविहार, साकोथाको चतुर्ब्रह्म महाविहार, भार्वाचोको थधुबही महाविहार र दूधपाटीको कथुबही महाविहारबाट निस्किएर बिहानैदेखि नगरको परिक्रमा गरेको थियो । बिहानैदेखि पञ्चदान दिने परम्पराअनुसार शाक्यन, वाहवाही भिक्षुलाई भिक्षा दान दिएका थिए भने पाँच दीपंकर बुद्धलाई जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, सुन, कपडा, सुपारी आदि गच्छे अनुसार चढाउने परम्परा छ । बौद्ध धर्मावलम्बीहरू दीपंकर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरी भिक्षा ग्रहण गर्ने परम्परा छ ।

Post a Comment

 
Top