काठमाडौं, साउन २९ - सस्तोमा डलर साट्ने प्रलोभन देखाएर ठगि गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भोजपुरको दोभानका आङदावा शेर्पालाई ठग्ने सिन्धुपाल्चोकको बाह्रबिसेका राजु तामाङ भन्ने सोमबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
राजु र रेशम तामाङले आफूसँग अमेरिकी डलर भएपनि पासपोर्ट नभएकोले साट्न नसकेको भन्दै शेर्पालाई साटिदिनु भनेर ५ लाख रुपैयाँ ठगि गरेका हुन । उनीहरुले शेर्पालाई काभ्रेको जिरो किलोमा बोलाएर डलर भन्दै रुमालमा पोको पारेको कागज दिएर ५ लाख लिएर भागेको प्रहरीले जनाएको छ ।
Post a Comment