काठमाडौं, भदौ ३० - राष्ट्रिय लिग फुटबलमा सुदुरपश्चिम विजयी भएको छ । ललितपुरको सातदोबाटोमा बुधबार भएको खेलमा सुदुरपश्चिमले लुम्बिनीलाई ३–१ ले हराएको हो ।

लुम्बिनीले पहिलो हाफमा गोल गर्दै अग्रता लिएपनि दोस्रो हाफमा सुदुरपश्चिमले ३ गोल गर्दै जित सुनिश्चित गरेको हो । सुदुरपश्चिमका लागि सुदन थापा, दिनेश राजवंशी र बिमल घर्ती मगरले गोल गरे ।
जितपछि सुदुरपश्चिम ९ खेलबाट १० अंकसहित छैटौं स्थानमा पुगेको छ भने समान खेलबाट ४ अंकसहित लुम्बिनी पुछारमा अर्थात नवौं स्थानमा छ ।
मोरङको लक्ष्मी मार्गमा भएको अर्को खेलमा घरेलु टोली मोरङ र झापा ११ ले गोलरहित बराबरी खेलेका छन् । बराबरीपछि पनि झापा १७ अंकसहित पहिलो स्थानमा कायमै छ भने मोरङ ५ अंकसहित आठौ स्थानमा छ ।

Post a Comment

 
Top