म्याग्दी, असार ३१ – म्याग्दीको भकिम्लीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बुधबार बेलुका चट्याङ लागेर भकिम्ली–४ का ४७ वर्षका दानबहादुुर घर्तीमगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घरमै बसिरहेका बेला चट्याङ लागेर घाइते भएका घर्तीको स्थानीय उपस्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल ल्याइएको थियो । घर्तीको बेनीमा उपचारको क्रममा ज्यान गएको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले जानकारी दिनुभयो ।

Post a Comment

 
Top