नेपालगन्ज, भदौ ४ – दश दिनदेखिको बन्दका कारण मध्यपश्चिमका किसानले दूध बिक्री गर्न पाएका छैनन् । मध्यपश्चिमको बाँके, बर्दिया, दाङ र सुर्खेतका किसानबाट दैनिक दूध संकलन गर्दै आएको नेपालगन्ज दूग्ध वितरण आयोजनाले बन्दपछि दूध संकलन र दुग्धजन्य पदार्थको बिक्री वितरणमा कमी आएको जनाएको छ ।
आयोजना प्रमुख गोविन्दराज जोशीका अनुसार किसनबाट संकलन हुने दूधको परिमाणमा ५० प्रतिशत कमी भएको छ भने बिक्री वितरण २५ प्रतिशतले घटेको छ । आयोजनाका अनुसार चार जिल्लामा  दैनिक दुई हजार लिटर दूध किसानबाट संकलन हुने गरेकोमा बन्दपछि घटेर एक हजार लिटर दूध मात्रै संकलन हुन थालेको छ ।
बन्दमा मोटरसाइकल चलाउन नपाइने भएका कारण टाढाका किसानले संकलन केन्द्रसम्म दूध ल्याउने नसकेको तथा असुरक्षाका कारण नेपालगन्जबाट दूध बोक्ने ट्यांकर समेत जिल्लामा पु¥याउन समस्या भएको छ ।

Post a Comment

 
Top