काठमाडौं, भदौ ६ – आयात कम भएपछि प्याजको भाउ ह्वात्तै बढेको छ । प्याजको भाउ किलोको १ सय रुपैयाँ थोक मूल्य पुगेको छ । यो मूल्य यसवर्षको अहिलेसम्मकै उच्च भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

तराईका जिल्लामा बन्द भैरहेकाले प्याजको आयात ठप्प जस्तै भएको छ । ढुवानी नहुँदा र बजारमा माग धेरै हुँदा प्याजको भाउ महंगिएको हो । प्याजका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ । भारतबाट आयात नभएकाले भाउ अझै बढ्ने अनुमान छ ।
यो वर्षको सुरुमा किलोको ३७ देखि ३८ रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ वर्षा लागेपछि बढेर किलोको ७० देखि ७५ रुपैयाँ पुग्यो । त्यसपछि फेरि घटेर किलोको ६७ देखि ६८ रुपैयाँ थोक मूल्यमा झरेको भाउ आज ह्वात्तै बढेर सय रुपैयाँ पुगेको छ ।  

Post a Comment

 
Top