Rambaran-Yadav
३ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान -२०७२ जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् ।
राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान -२०७२ आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरे ।
राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।
राष्ट्रपतिले भने-सबै नेपाली र राष्ट्रको जय होस् 
संविधान घोषणा गरिसकेपछि राष्ट्रपतिले सम्बोधन गर्दै सबै नेपाली र राष्ट्रको जय होस् भन्ने कामना गरे । उनले सबै देशबासीलाई शुभकामना र बधाइ ज्ञापन गरेका छन् ।
राष्ट्रपतिबाट जारी गरिएको संविधान आजैका मितिबाट लागू हुनेछ । संविधान जारी भएको सात दिनभित्रमा अब नयाँ सरकार गठन गर्नुपर्ने छ भने एक महिनाभित्रमा राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ ।
राष्ट्रपतिले संविधान जारी गरिरहँदा भव्य रुपमा सिँगारिएको संविधानसभा परिसरमा बेलुनहरु उडाइएको थियो ।
संविधान घोषणाका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आउने क्रममा राष्ट्रपतिलाई बबरमहलदेखि रिसल्ला घोडचढीहरुले अगाडि र पछाडिबा स्कटिङ गरेका थिए । नयाँ बानेश्वरस्थित संविधानसभामा प्रवेश गर्दा राष्ट्रपतिलाई छेउछाउमा लामवद्ध जनताले हात हल्लाएर स्वागत गरेका थिए ।
संविधानसभामा प्रवेश गर्नुअघि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो । संविधानसभा अध्यक्षर महासचिवले राष्ट्रपतिलाई स्वागत गर्दै संविधानसभाभित्र प्रवेश गराएका थिए ।
- See more at: http://www.onlinekhabar.com/

Post a Comment

 
Top