काठमाडौं, साउन ३० - नेपालीको स्वभाव नै हो विपत्को बेलामा एक अर्कालाई सहयोग गर्ने । त्यसैले त भूकम्प भत्किएका संरचना बनाउन सुरु भयो । को बालबालिका, को बुढाबुढी ? सबैले आफुले सकेको सहयोग गरे । ललितपुर कुपण्डोलका १२ वर्षका जिविदेश मानन्धर तुलाधर पनि काममा लागे । 

उनले ललितपुरमा रहेको बुङमतीमा त्रिरत्न सहकारी स्कुलको कक्षाकोठा बनाउन सहयोग गरे । भूकम्पका कारण विद्यालय भवन ध्वस्त भएपछि उनले अरुसँग मिलेर १० वटा कक्षाकोठा बनाए । भूकम्पपछि प्रिफ्याबको प्रयोग गरेर कक्षाकोठा बनाउन सहयोग गरे ।
अहिलेसम्म केहि काम नगरेका उनले सिमेन्टको प्रयोग कति गर्ने, रङ कसरी लगाउने, साबेल कसरी चलाउने सबै सिके । २६ दिनसम्म कक्षाकोठा निर्माणमा संलग्न हुँदा उनले आफ्नो सुरक्षाको उपाय पनि अपनाए । उनी भन्छन् ‘जुत्ता अरु बेलामा लगाउने नै लगाए, हात नफुटोस भनेर कटनको वर्किङ ग्लप्स, सुरक्षाका लागि हेलमेट लगाए । तर हेलमेट लगाउदा धेरै गाह्रो भयो । एकदुई दिन नलगाई काम गर्दा दाइले गाली गर्नुभयो । पछि त सजिलै भयो ।’ भूकम्पपछि धेरै बालबालिका र युवा यस्तै काममा जुटेपनि कोहिले आप्mनो समयको सहि सदुपयोग गरेनन् । भनिन्छ बालबालिका काँचो माटो हुन् । उनीहरुलाई जे सिकायो त्यहि सिक्छन् । यसमा परिवारसँगै, छिमेकी, साथीसंगी र शिक्षकशिक्षिकाको ठूलो भूमिका हुन्छ । १२ वर्षका जिविदेशले भूकम्पपछि भत्किएको विद्यालय बनाउन आप्mनो आमाले प्रेरणा दिएको बताए । 
विपत्को बेलामा आफ्ना छोरालाई अरुले भोगेको पीडा देखाउन पनि सहयोग गर्न पठाएको आमा सुभेक्षा विन्दु तुलाधरको भनाई छ । उहाँले भन्नुभयो ‘छोराको जीवनलाई सहजीकरणको लागि सहयोग गर्न पठाएको हो । जस्तो सुकै परिस्थितीमा उसलाई घुलमिल गराउन, भविष्यमा सहयोगी हात बढाइराखोस् भनेर पठाएको हो । अरुको पीडा देखेपछि हामीलाई मात्र होइन अरुलाई पनि गाह«ो भएको रहेछ भन्ने थाहा पाएपछि त सम्हाल्न सजिलो हुन्छ नि ।’
भूकम्प गएलगत्तै भत्किएका संरचनाबारे जानकारी गराउँदै घुमाएकाले पनि छोराले राम्रो काम गरेको तुलाधर बताउनुहुन्छ । यसरी विपत्को बेलामा सहयोगी हात बढाउँदा आत्मसन्तुष्टि त बढ्छ नै योसँगै विपत्पछि हुन सक्ने मानसिक पीडाबाट पनि टाढै बसिन्छ । 
मनोसामाजिक हिसाबले पनि बालबालिकालाई यस्ता काममा लगाउनु आवश्यक भएको मनोविमर्शकता बताउँछन् । यसले उनीहरुलाई पीडा भूलाएर स्वस्थ रहन सहयोग गर्ने मनाविमर्शकर्ता इन्दिरा प्रधानको भनाई छ । 
उहाँ भन्नुहुन्छ ‘केहि न केहि सिप नभएको व्यक्ति कोहि हुँदैन । त्यो सिप, सकारात्मक पक्षलाई आफैले बाहिर ल्याउन कोसिस गर्नुपर्‍यो ।’ उहाँ भन्नुहुन्छ ‘जसलाई हामी सकारात्मक सामनाका व्यवहार भन्छौ । अर्को चाहि वंशाणुगत रुपमा आएको हुन्छ, हुकाइको बेलामा विकास भएको हुन्छ । अर्को बाह्य सहयोग लिएर जसलाई हामी सामाजिक संजालको रुपमा पनि हामी चिन्छौ ।’यसरी आफूले सकेको काम गर्दा मनोसामाजिक हिसावले पनि स्वस्थ रहने मनोविमर्शकर्ता प्रधानको भनाई छ । 
भूकम्पमा विद्यालय पनि बन्द भएकाले १२ वर्षका जिविदेशले भत्किएको कक्षाकोठा बनाउन सहयोग गरे । तर बालबालिकाले सहयोग नै गरेपनि जोखिमयुक्त काम भने गर्न नहुनेमा बालअधिकारकर्मीको जोड छ । 
बालअधिकारकर्मी गौरी प्रधान थप्नुहुन्छ ‘बालबालिकाले गर्ने काम दुइवटा प्रकृतिका छन् । एउटा सामाजिकरणको प्रकृति त्यो सकारात्मक अर्को श्रम त्यो शोषण । बालबालिकाको श्रममाथि जहाँ शोषण हुँदैन त्यो त राम्रै भैहाल्यो नि । तर केटाकेटीले गर्दा उनीहरुको काम जीवनमा, स्वास्थ्य विकास, शैक्षिक विकासमा अवरोध हुन्छ भने त्यो गलत काम हो । त्यस्तो काम गर्न दिनुहुन्न ।’ बालअधिकारकर्मी गौरी प्रधानले भने जस्तै भूकम्प प्रभावित ठाउँमा बालश्रम पनि भएको हुनसक्छ । यसतर्फ हामी सबै सचेत हुन आवश्यक छ । 

Post a Comment

 
Top