पर्वत , भदौ ४ - एक हप्तादेखि निरन्तर झरेको पहिरो नरोकिएका कारण पर्वतको कुश्मा नगरपालिका १ मालढुंगा वस्ती उच्च जोखिममा परेको छ । भूकम्पले चिरा परेको पहाडबाट निरन्तर पहिरो झरेपछि सुकुम्बासी वस्ती उच्च जोखिममा परेको हो । पानी पर्नासाथ फरक फरक ठाउ्रँबाट पहिरो झरेपछि पुरै वस्ती स्थानान्तरण नगर्दा जुनसुकै समयमा पनि पहिरोले ठूलो मानवीय क्षति पु¥याउने खतरा बढेको छ । अहिले सम्म पहिरो ७ घर पुरिएका छन् भने २५ घर विस्थापित भएका छन् ।     
निरन्तर बगेको पहिरोले बलबहादुर माझी,  हरिबहादुर माझी, गणेश माझी, सरिता माझी, राजकुमार माझी, याम बहादुर माझी र सोमबहादुर गुरुङको घर पहिरोले पुरेको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ नुवारको डिलबाट झरेको पहिरोले वस्ती उठीबास भएपछि आफुहरु घरबार बिहीन भएको सुकुम्बासी परिवारका सदस्यहरु बताउँछन  । 
 विस्थापित बनेका परिवारहरुले पटक पटक जिल्ला प्रशासन कार्यालय पर्वतमा पुनर्वास तथा स्थान्तरणका लागि अनुरोध गर्दै आएपनि आफुहरुप्रति कुनै चासो नदेखाएको स्थानीयबासीहरुको गुनासो गरेका छन्  । ‘धेरै पटक हामीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेपनि अहिले सम्म भएको छैन’ स्थानिय सुकुम्बासी अगुवा गणेश माफीले भन्नुभयो ।’
स्थानीय प्रशासनले भने  पीडितहरुका लागि मानवीय संवेदनालाई मध्यनजर गर्दै त्रिपाल र अन्य आवश्यक सामग्री सहयोग गर्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराईले विस्थापित परिवारहरुलाई अन्यत्र पुनस्थापना गर्ने स्थानको खोजी हुँदै गरेको बताउँदै तत्कालका लागि त्रिपाल र केही लत्ताकपडा रेडक्रस समेतको सहयोगमा उपलब्ध गराइने जानकारी दिनुभयो । 
भूकम्पका कारण चिरा परेको पहाड खसेर सोही पहिरोमा पानीको मुहान फुटेपछि पहिरोको जोखिम बढ्दै गएको छ  । अहिलेसम्म कुनै मानवीय क्षति नभएपनि स्थानीय प्रशासनले बेलैमा मालढुंगाको बस्ती स्थानान्तरणका लागि विकल्प नसोच्ने हो भने थप खतरा देखिन्छ ।  जुनसुकै बेला पनि ठुलै क्षति हुन सक्ने तर्फ सम्बन्धित निकायले समयमा नै ध्यान दिनुपर्ने स्थानीयबासिनदाको भनाई छ ।

Post a Comment

 
Top